२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

बजेटले सबै क्षेत्र समेटेको छ : विपक्षी दलका नेता शाक्य

१ असार, हेटौँडा । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले बागमती प्रदेशले ल्याएको बजेटले सबै क्षेत्र समेटेको बताएकी छिन् ।

बजेट प्रस्तुतपछि प्रतिक्रिया दिने क्रममा उनले बजेटले सबै क्षेत्र समेटेको तर कार्यान्वयन गर्न भने समस्या हुने बताउकी छिन । ठूलो आकारको बजेट र सबै क्षेत्र समेटिएको भए पनि प्रदेश सरकारको काम गर्ने समय नै कम भएका कारण कार्यान्वयन हुन कठिन पर्ने उनको तर्क छ ।

उनले भनिन्, “अब पाँच÷सात महिना बाँकी छ सबै क्षेत्रमा काम गर्छु भनेको छ समय छैन कसरी सम्भव हुन्छ ।” यद्यपि बजेट भने राम्रो भएको उनको भनाइ छ । नेपाली कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँले प्रस्तुत बजेटले प्रदेशको मुहार फेर्ने बताएकी छिन् । शिक्षा, स्वास्थ्य, रोजगार, कृषिलगायतका क्षेत्रमा बजेटले सम्बोधन गरेको उनको भनाइ छ ।

उनले भनिन्, “स्वास्थ्य, शिक्षासँगै प्रदेशको राजधानी चक्रपथ र प्रदेशको चक्रपथसमेतको बजेट समेटिएकाले हालको बजेट गाउँमुखी काममुखी भएकाले लक्ष्य हासिल गर्नेछ ।”

विवेकशील साझा पार्टीका सांसद रमेश पौड्यालले प्रस्तुत बजेटमा त्रुटि भएको बताउनुभयो । उनका अनुसार प्रदेशको निम्न आय भएको जनतालाई बजेटले नछोएको बताइन्।

त्यसैगरी रोजगारीका लागि ठोस कुरा नआएको उनले बताइन । साथै नेकपा (माओवादी केन्द्र) ले मन्त्रालय कटौतीको कुरा गरेको भए पनि बजेट नतोकिएका कारण प्रभावकारी नभएको उनको तर्क रहेको छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार २०:१९