२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरियो विमान दुर्घटना उद्धारको पूर्वाभ्यास (फाेटाेफिचर)

१ असार, काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज विमान दुर्घटना उद्धारको ड्रिल (पूर्वाभ्यास) गरिएको छ । विमान दुर्घटना हुँदा के गर्ने, विमानमा आगो लागेमा कसरी निभाउने, सम्भावित घाइतेको उद्धार कसरी गर्ने भनेर पूर्वाभ्यास गरिएको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए ।

सो क्रममा नेपाली सेना, नेपाल प्रहरीलगायतका सुरक्षा निकाय, स्वास्थ्यकर्मी र अग्नि नियन्त्रकको टोलीले पूर्वाभ्यास गरेको थियो । जहाज दुर्घटनाको काल्पनिक घटनाअनुसार त्यसको प्रतिकार्यको अभ्यास कार्यका लागि आधा घण्टा विमानस्थल बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमानस्थल सङ्कटकालीन योजना उक्त अभ्यास गरिँदा आकाशमा कालो धुँवाको मुस्लो देखिएको थियो भने दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधि सक्रिय पारिएको थियो । यसरी गरिएको उक्त पूर्वाभ्यासले एक छिन त साँच्चिकै दुर्घटना भयो कि भन्ने भानसमेत परेको थियो ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार १९:२७