२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

जिरीमा ताल निर्माणका लागि १५ करोड रुपैयाँ विनियोजन

१ असार, हेटौँडा । बागमती प्रदेश सरकारले दोलखाको जिरीमा मानव निर्मित ताल निर्माणको लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले दाेलखाकाे जिरीमा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न मानव निर्मित ताल निर्माण गरिने बताए । यसका लागि १५ कराेड रुपैयाँ बजेट विनियाेजन गरिएकाे उनकाे भनाइ छ । उनले आव २०७९/०८० लाई घुमफिर वर्षको रुपमा घोषणा गर्न बजेट छुट्याइएको बताए ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार १६:५८