१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

प्युठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ८ जना घाइते

१ असार, प्युठान । प्युठानको स्वर्गद्धारी नगरपालिका–४ भिंग्रीमा आज जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा आठ जना घाइते भएका छन् । मृत्यु हुनेमा भारत घर भएका ६५ वर्षिय बिक्की नाउ रहेका छन् ।

स्वर्गद्धारी दर्शन गरी भारततर्फ फर्किदै गरेको भारतीय नम्बर प्लेटको जिप आज बिहान पौने ११ बजे अनियन्त्रित भई पल्टिएको थियो । चालक सहित घाइते भएका आठ जनाको स्थानीयअस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार १५:०२