महोत्तरीमा ८ महिनाकी बालिकाकाे घरैबाट चोरी
११ भदाै, बर्दिवास । महोत्तरीमा ८ महिनाको बालिका घरैबाट चोरी भएकी छिन । महोत्तरीको औरही नगरपालिकाबाट आइतबार ८ महिनाकी शिशु चोरी भएको प्रहरीले पुष्टि गरेको छ ।
औरही नगरपालिका–१ बस्ने सन्तोष चौधरीको ८ महिनाकी छोरी सोनाली कुमारी चाैधरी चाेरीएकी हुन । प्रहरीका अनुसार अपरिचित व्यक्तिले बालिकाको वुवा चिन्छु भन्दै केहीबेर खेलाएजस्तो गरेर बालिका लिएर फरार भएको परिवारका सदस्यले बताएका छन । केही शंकास्पदहरुलाई पहिचान गरेर घटनाको छानविन गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : ११ भाद्र २०७५, सोमबार १२:११