३ मंसिर २०८१, सोमबार | Mon Nov 18 2024

फोहोरको ट्रकले मान्छे मारेपछि नुवाकोट पुगेका ट्रकहरू फोहरसहित काठमाडाैँ फर्किए

११ भदाै, काठमाडाैँ । नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १ मा बा २ ख ६११८ नम्बरको फोहर बोकेको ट्रकको ठक्करबाट एक जनाको मत्यु भएको छ । ट्रकले बिहान करिब ५ बजेतिर ककनी गाउँपालिका–१, महालक्ष्मीस्थानका ४९ वर्षीय पदम बलामीको ज्यान गएको स्थानीय जितबहादुर बलामीले जानकारी दिए ।

स्थानीयले दोषीमाथि कारबाही तथा क्षतिपूर्तिको माग राखेर प्रदर्शन गरिरहेका छन । स्थानीयकाे प्रदर्शनका कारण काठमाडौंबाट फोहोर बोकेर नुवाकोट पुगेका सबै गाडीहरुलाई पुनः काठमाडौं फर्किएका छन । प्रहरीले सहमतिको प्रयास गरेपनि सफल हुनसकेको छैन ।

प्रकाशित मिति : ११ भाद्र २०७५, सोमबार ११:१६