गोसाइँकुण्डबाट तीर्थयात्री फर्किदै, देवीघाट गल्छी सडकको जामका कारण तिर्थालु मारमा
–प्रशान्तजंग पाण्डे
११ भदाै, नुवाकाेट । जनैपूर्णिमा पर्वमा तीर्थ भर्न गोसाइँकुण्ड गएका गएका यात्रीहरु धमाधम फर्किरहेका छन । यसवर्ष झण्डै १० हजार जनाले गोसाइँकुण्डमा स्नान गरेको अनुमान गरिएको छ । हिजैदेखि तीर्थायात्री फर्कनेक्रम सुरू भएको भए पनि अाज सबैभन्दा बढी फर्किएका छन । भाद्र १ गतेदेखि गोसाइँकुण्डमा स्नान गर्न तीर्थालु गएका थिए ।
गोसाइँकुण्ड जानका लागि सुन्दरीजल हेलम्बु सरमथली, यार्सा भञ्ज्याङ, धुञ्चे र लौरीविनायक मार्ग प्रयोग गर्ने गरेका छन । सबैभन्दा बढीले प्रयोग गरेको बाटो धुन्चे गल्छी सडकको जामका कारणा तिर्थालुले समस्या भोगेका छन ।
गोसाइँकुण्ड स्नानका लागि सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, दाङ, स्याङ्जा, गोरखा, लमजुङ, धादिङ, काठमाडाैँ, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोकलगायतका जिल्लाबाट गल्छीको सडक प्रयोग गरेर अोहोरदोहाेर गर्ने तिर्थालुले सबैभन्दा समस्या भाेगे । ठेकेदारकाे हेलचक्राइले गर्दा समयमा सडक विस्तारको काम हुन नसकेपछि अहिले दैनिक तीनदेखि चार घण्टासम्म उक्त सडकमा जाम हुने गरेको छ ।
प्रकाशित मिति : ११ भाद्र २०७५, सोमबार ११:०२