३ मंसिर २०८१, सोमबार | Mon Nov 18 2024

आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ अाज

११ भदाै, काठमाडाैँ । अाज गार्इ जात्रा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।  भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ काठमाडाै उपत्यकामा विशेष रूपमा मनाइने गरिएको छ ।

एक वर्षभित्र दिवंगत आफन्तका सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना टोलमा परिक्रमा गराउनाका साथै उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिने चलन रहेको छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुणरसका गीत पनि गाइन्छ ।

प्रकाशित मिति : ११ भाद्र २०७५, सोमबार ०८:४१