१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सुरक्षागार्डको हत्या गरेर अाँखा झिक्ने ठेला चालक सञ्जय सहनी पक्राउ

१० भदाै, विराटनगर । मोरङको बिराटनगर–२ मा हार्डवेयर पसलका सुरक्षागार्डको हत्या ठेला चालकले गरेकाे प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा हत्यामा संलग्न बिराटनगर–४, जामुनगाछीका २६ वर्षीय सञ्जय सहनीलाई पक्राउ गरी मोरङ प्रहरीले अाइतबार सार्वजनिक गरेको छ ।

यसअघि ३ भदौमा बिक्की हार्डवेयरका सुरक्षागार्ड टंकप्रसाद भट्टराईको हत्या भएको थियो । उनको हत्यापछि देब्रे अाँखा समेत झिकिएको थियो । मोरङ प्रहरीका डिएसपी निशान थापाका अनुसार हत्या भएको दिन ठेला चालकसँग भट्टरार्इको भनाभन भएको बुझिएको छ । प्रहरीले सीसी टिभी फुटेजको अाधारमा सहानीलार्इ पक्राउ गरेको जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७५, आईतवार २०:१८