१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सांसदलाई मर्यादित भई बैठकमा प्रस्तुत हुन सभामुख महराकाे निर्देशन

१० भदौ,काठमाडौँ । सभामुख कृष्णबहादुर महराले सांसदहरुलाई मर्यादित भई बैठकमा प्रस्तुत हुन निर्देश गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले बोलिरहँदा अमर्यादित ढङ्गबाट रोष्ट्रम अगाडिको भागबाट ओहोरदोहोर नगर्न सभामुखले निर्देशन दिनुभयो ।

प्रतिनिधिसभा नियमावली र संसदीय मर्यादाअनुसार एक जना सांसदले बोलिरहँदा अन्य सदस्यले बोल्नु संसदीय मर्यादाविपरीत हुने भन्दै सभामुख महराले सांसदहरुलाई यस विषयमा पनि गम्भीर हुन निर्देश गर्नुभयो । प्रतिनिधिसभाको आजको बैठक चलिरहँदा केही सांसदहरु रोष्ट्रम अगाडिबाट आवतजावत गरेपछि उहाँले सो निर्देश गर्नुभएको हो ।

प्रकाशित मिति : १० भाद्र २०७५, आईतवार १८:४७