१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

फर्पिङको जंगलमा अन्दाजी २०–२२ वर्षको उमेरका युवा र युवती मृत फेला

२३ जेठ, काठमाडाैँ । काठमाडाैँको दक्षिणकाली नगरपालिकाको फर्पिङस्थित जंगलमा एक जना युवा र एक जना युवती मृत भेटिएका छन । अन्दाजी २०–२२ वर्षको उमेरका युवा र युवती मृत फेला परेको नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त कुँवरले पुष्टि गरे । उनले शवसँगै ‘विष’कोजस्तो देखिने बट्टा पनि फेला परेको बताएका छन । अहिले प्रहरी घटनास्थलमा पुगेको छ । उनीहरूको पहिचान हुन सकेको छैन ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार १३:५४