९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

राष्ट्र बैंकले २१ अर्ब ९ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने

२३ जेठ, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले २१ अर्ब ९ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागेको हो । बैंकले ९१ दिन, १८२ दिन र ३६४ दिनको अवधिको लागि ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

बैंकले ९१ दिनको अवधिको लागि ४ अर्ब २६ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल भदौ २१ गते परिपक्क हुनेछ । यस्तै, बैंकले १८२ दिनको अवधिको लागि १० अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल मंसिर २० गते परिपक्क हुनेछ । त्यस्तैगरी, बैंकले ३६४ दिनको अवधिको लागि ६ अर्ब ८३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल वि।सं २०८० साल जेठ २३ गते परिपक्क हुनेछ ।

उक्त ट्रेजरी बिल आज (जेठ २३ गते सोमबार) दिउँसो ३ बजे बोलकबोल भएर भोलि जेठ २४ गते, मंगलबार बिक्री हुने राष्ट्र बैंकले जनाएको छ । ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार १३:१९