९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

जोखिमबाट उद्धार भएका महिलाहरुलाई एनएमबी बैंकले दियो वित्तीय साक्षरता

२२ जेठ, काठमाडाैँ । एनएमबी बैंकद्धारा विभिन्न कारणले जोखिममा परेका महिलाहरुलाई उद्धार तथा सशक्तिकरण गर्दै आएको गैर–सरकारी संस्था ‘छोरी’मा आवद्ध दिदीबहिनीहरुका लागि वित्तीय साक्षरता कार्यक्रम गरेको छ । कार्यक्रममा छोरी संस्थाका ५५ जना महिलादिदीबहिनीहरुको उपस्थिति रहेको थियो ।

बैंकको लघुवित्त विभागद्धारा आयोजित उक्त कार्यक्रमा उपस्थित दिदिबहिनीहरुलाई उत्प्रेरणाको साथैै बचत, लगानी, विभिन्न प्रकारका कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवाहरुको विषयमा वित्तीय शिक्षा प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा एनएमबि बैंककातर्फबाट कर्मचारीहरु डा.बुद्धि मल्ल, शरद पौडेल, नबिन पन्थि र छोरी संस्थाकोे तर्फबाट कार्यक्रम संयोजक सारदा पुरीको उपस्थिति रहेको थियो । विगतका बर्षहरुदेखी नै महिला उद्यमशिल सहुलियतपूर्ण कर्जा लगानीमा अग्रणी रहेको यस बैंकले महिला सशक्तिकरणको लागि विभिन्न समयमा विभिन्न समूहहरु लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ ।

छोरी संस्थाका दिदिबहिनीहरुलाई गरिएको यस कार्यक्रमले उनीहरुमा वित्तीय ज्ञान प्राप्त भई आत्मनिर्भर बन्न सघाउ भई समग्र अर्थतन्त्रलाई नै सकरात्मक प्रभाव पर्ने बैंकले विश्वास लिएको छ । बैंक र छोरी संस्था दुबैले भविष्यमा पनि यस्ता वित्तीय साक्षरता कार्यक्रम तथा अन्य सम्भावित कार्यक्रमहरुमा सहकार्य गर्ने जानकारी गराएका छन् ।

बैंकले दिफिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफदिइयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । बैंकले २०१७, २०१८, २०२० र २०२१ लगि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि बैंक अफदि इयर नेपाल’ प्राप्तगरि सकेको छ । बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आईतवार १३:००