१९ असार २०८१, बुधबार | Wed Jul 3 2024

राष्ट्रपतिमा भण्डारी र राईको उम्मेदवारी


२३ फागुन काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकी छिन् ।

यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि उनले आज उम्मेदवारी दर्ता गराएकी हुन् । उनका प्रस्तावकमा सांसद माधवकुमार नेपाल, भीमबहादुर रावल, सुवास नेम्वाङ, ईश्वर पोखरेल र ओनसरी घर्ती तथा समर्थकमा सांसद रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, गोकर्णराज विष्ट, भानुभक्त ढकाल र रवीन्द्र अधिकारी रहेका छन् ।

राष्ट्रपति भण्डारीले आफैँ निर्वाचन अधिकृतको कार्यालय पुगी उम्मेदवारी दर्ता गराएकी हुन् । उता कांग्रेसको तर्फबाट लक्ष्मि राईको उम्मेदवारी परेको छ । अहिले हुने राष्ट्रपति निर्वाचनमा विद्यादेवी भण्डारीको जित सुनिश्चित रहेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७४, बुधबार १३:४९