१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

भीमदत्तनगरमा पुनः कर्फ्यू

१० भदौ,भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरमा आज पुनः कर्फ्यू लगाइएको छ । भीमदत्त नगरपालिका–४, ६ र १८ वडाका विभिन्न स्थान तोकेर आज बिहान १० बजेपछि पुनः कफ्र्यु लगाइएको हो । भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि स्थिति असामान्य बनेपछि जिल्ला प्रशासन कार्यालयले कफ्र्र्यु लगाएको हो । अवस्था सामान्य बनेपछि आइतबार बिहान ५ बजेदेखि १० बजेसम्मका लागि कफ्र्यु हटाइएको थियो ।

अर्को आदेश नभएसम्म कफ्र्र्यु जारी रहने प्रहरी नायब उपरीक्षक कृष्ण ओझाले जानकारी दिनुभयो । निर्मलाको हत्यारालाई कारवाहीको माग गरी स्थानीयवासी आन्दोलनमा छन् । शुक्रबार प्रहरीले चलाएको गोली लागेर भीमदत्त नगरपालिका–१८ का १४ वर्षीय शनि खुनाको मृत्यु भएपछि स्थिति जटिल बनेको हो ।

प्रकाशित मिति : १० भाद्र २०७५, आईतवार १३:१५