१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

बझाङको साइपालबासीको पीडा, जसले कठोर मान्छेको अाँखाबाट पनि अाँशु झार्छ (भिडियोसहित)

१० भदाै, बझाङ । बझाङको सबैभन्दा अग्लो साइपाल हिमालको नामबाट नामाकरण गरिएको साइपाल गाउँपालिको पीडा बयानगरी साध्यकाे छैन । उनीहरूले भोगीरहेको दुःख तस्बीर भिडियोमा हेरियोमात्र भने पनि नीति, निर्माता र नेताहरूलार्इ एकदिनसम्म गाली गर्न सकिन्छ । साईपाल गाँउपालिका काँडाकाे वडा नम्बर ३ मा पर्ने थरुनिगाड खाेलामा वारपारगर्दा स्थानीयले ज्यादै कष्ट भोग्नु परेको छ ।

यहाँका स्थानीयका लागि सबैभन्दा बढी सास्ती त बिरामी बोक्न हुने गरेको छ ।अझ वर्षातको समयमा खोला ठूलो हुुँदा अन्य पाँच सात मानिसले ज्यान जोखिममा राखेर बिरामीलार्इ खोला तार्नुपर्ने अवस्था छ । स्थानीयले अाठ महिना लामो अान्दोलन नै गरेर काँडा गाउँपालिकालार्इ साइपाल बनाउन सके तर यो खोलामा न त तुइन राख्न सके नत पुल नै  ।

राज्यको अाँखामा नपर्दा थरुनिगाड खाेला उनीहरूको काल बनेर बसेको छ ।  जिल्लाकै सबैभन्दा दुर्गम मानिने साइपाल गाउँपालिका क्षेत्रफलका हिसाबले नेपालकै ठूलो गाउँपालिका हो । १ हजार ४ सय ६७ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो जिल्लाकै सबै भन्दा उच्च हिमाली क्षेत्रमा रहेको गाउँपालिकासमेत हो ।

चिनको स्वसासित क्षेत्र तिब्बतसँग जोडिएको यस गाउँपालिकाको जनसंख्या २ हजार १ सय ८२ रहेको छ । जडिबुटीको भण्डार मानिने यो गाउँपालिकाको क्षेत्रमा अभ्रख, काइनेट, क्वार्ज, चुनढुगा, फलामलगायतका बहुमूल्य खनिजहरुसमेत रहेका छन तर स्थानीयले एउटै खोलाबाट यतिधेरै दुःख व्यहोरेका छन ।

हेर्नुहोस् भिडियो (भिडियो साैजन्यः सुरेन्द्रबहादुर बोहरा)

प्रकाशित मिति : १० भाद्र २०७५, आईतवार १२:४८