१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

राैतहट डुंगा दुर्घटनामा परेका ६ जना अझै सम्पर्कबिहीन

१० भदाै, काठमाडाैँ । राैतहटको लालबकैया नदीमा डुंगा डुब्दा हराइरहेकामध्ये अझै ६ जना सम्पर्कमा अाएका छैनन् । २२ जना सम्पर्कमा आएका छन् । डुंगामा रहेका गौर नगरपालिका–४ का डुंगाका सहचालक ओमप्रकाश चन्द्रवंशी, इन्दुदेवी पट्टेल र शान्ती देवी तथा इस्नास नगरपालिकाको औरहीका त्रिभूवन पटेलकी श्रीमती, डुम्बु पटेलको नातिनी र अर्का एक जना हराइरहेका परिवारले बताएका छन् ।

शनिबार बेलुकीपख टिकुलिया घाटमा निर्माण भइरहेको पुलको पिलरमा ठोक्किएर डुंगा पल्टिएको थियो । घटनास्थलमा खटिएका एसपी केदार ढकालका अनुसार डुंगामा सवार यात्रुहरु भारतीय क्षेत्रतिर रहेको खेत बारीमा काम गर्न गएका र फर्कने क्रममा दुर्घटना भएको परेका हुन ।

प्रकाशित मिति : १० भाद्र २०७५, आईतवार ०८:२१