१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

रक्षा बन्धन मनाउन दिन कञ्चनपुरमा पाँच घण्टाका लागि कर्फ्यू हटाइयो

१० भदाै, कञ्चनपुर । कञ्चनपुरमा पाँच घण्टाका लागि कर्फ्यू हटाइएको छ । आज बिहान ५ बजे देखि १० बजे सम्मका लागि कर्फ्यू हटाइएको हो । दश बजेदेखि पुनः कर्फ्यू यथावत रहने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

भीमदत्त नगरपालिका–२ खोल्टीका निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै प्रदर्शन उग्र बनेपछि शुक्रबार साँझ ८ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको थियो । पाँच घण्टाका लागि कर्फ्यू हटाइएपछि रक्षा बन्धनका लागि सामग्री खरिद गर्नेको बजार क्षेत्रमा भीड लागेको छ ।

प्रकाशित मिति : १० भाद्र २०७५, आईतवार ०८:०१