पराजित हुने निश्चित भएपछि कांग्रेसले लक्ष्मी राईलाई दियो राष्ट्रपतिको टिकट
२३ फागुन, काठमाडौँ । प्रमुख प्रतीपक्षी दल नेपाली कांग्रेसले पराजित हुने निश्चित भएको राष्ट्रपति निर्वाचनमा लक्ष्मी राईलाई उम्मेदवार बनाउने निर्णय गरेका छ ।
बुधबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले राईलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो । राष्ट्रपतिमा आफ्नो उम्मेदवार पराजित हुने निश्चत भएपछि कांग्रेसले राईलाई उम्मेदवार बनाएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
लक्ष्मी कांग्रेस नेता देवानसिंह राईकी छोरी हुन् । राष्ट्रपतिका लागि आज उम्मेदवारी दर्ताको समय तोकिएको छ । एमालेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई फेरि उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
प्रकाशित मिति : २३ फाल्गुन २०७४, बुधबार ११:३३