१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

१६ जेठ, काठमाडौँ । झापा, रौतहट, डोल्पा र लम्जुङमा चार जना मृत अवस्थामा फेला परेका छन् । झापाको गौरादह नगरपालिका–४ स्थित बाटो छेउमा सोही ठाउँ बस्ने ५० वर्षीया राधिका रिषिदेव आइतबार मृत अवस्थामा फेला परेकी छन् ।

रौतहटको गढीमाई नगरपालिका–३ लक्ष्मीपुर बस्ने अजमत अलिको छोरा ३ वर्षीय अजाद आलम घर नजिकै खेतको आलिमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

डोल्पाको छार्काताङसोङ गाउँपालिका–४ कागकोटमा विगत १० वर्षदेखि मजदुरी गर्दै आएका ४२ वर्षीय शुनिल खड्का सोही ठाउँस्थित सडकमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

लमजुङको राईनास नगरपालिका–१ र २ को सिमानामा पर्ने बेसारे खोलाको किनारामा सोही नगरपालिका–२ पन्थी डाँडा बस्ने १३ वर्षीय सिशिर सेन आइतबार मृत अवस्थामा फेला परेका छन् । पाँच जना साथीहरूसँग पौडी खेल्न गएको अवस्थामा उनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार १५:१३