१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

बालेन भन्छनः फोहोरले नुवाकोटका नागरिक मरेका छन मैले कसरी खुशी मनाउनु ? (भिडियो)

१६ जेठ, काठमाडाैँ । काठमाडौँ महागनरपालिकाको प्रमुखमा विजयी भएर सोमबार सपथ ग्रहण पश्चात पदबहाली गरेका बालेन्द्र साह बालेनले नुवाकोटको सिसडोलवासीले स्वच्छ हावा लिन पाउने अवस्था नभएसम्म शोक मनाउने र त्यसका लागि काम गर्ने बताएका छन । पदभार ग्रहणपछि पत्रकारसँग भएको सवाल जवाफमा प्रमुख साहले अहिले समय तोक्न नसकिए पनि फोहोर व्यवस्थापनको काम प्रमुख प्राथमिकतामा रहेको बताए छन ।

महानगरको प्रमुखमा विजयी भएकै दिन नुवाकोटको ओखरपौवा पुगेर फर्किएका साहले आफू शोकमा रहेको बताउँदै भने, ‘मैले अस्ति पनि भनेको छु खादा, माला र अविर समेत लगाउदिन सर्वप्रथम फोहोर व्यवस्थापनको कामन गर्छु । नुवाकोटमा हाम्रो फोहरका कारण मान्छेहरू मरिरहेका छन, कतिपयलाइ क्यान्सर भएको छ, कतिपयलाइ छालाको रोग लागेको छ । त्यहाँका नागरिकले स्वच्छ हावा लिने वातावरण नबन्दासम्म म अन्तरवार्ता गर्ने र प्रचार गर्ने काममा लाग्दिन ।’

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार १५:२१