१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

निर्मला र सन्नीको परिवारलार्इ १० लाख दिने र सन्नीलार्इ सहिद घोषणा गर्ने सरकारको निर्णय

९ भदाै, काठमाडाैँ । मन्त्रिपरिषद् बैठकले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । शनिबार राति अाकस्मिक रूपमा बसेको मन्त्रिपरिषद्को बैठकले पन्तको परिवारलार्इ राहतस्वरूप १० लाख रूपैयाँ दिने निर्णय गरेको हो ।

बैठकले पन्तको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै भएको आन्दोलनका क्रममा प्रहरीको गोलीबाट मारिएका सन्नी खुनाको परिवारलाई पनि १० लाख राहत दिने र खुनालार्इ सहिद घोषणा गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए ।

बैठकले घाइतेहरुको निःशुल्क उपचार गर्ने र अंगभंग भएकालाई आर्थिक सहायता दिने निर्णय पनि गरेको छ ।बैठकले निर्मला हत्याबारे छानविन गर्न सहसचिवको नेतृत्वमा बनेको समितिलाई नै गोलीकाण्डबारे पनि अनुसन्धान गर्ने जिम्मेवारी दिएको बताए ।

प्रकाशित मिति : ९ भाद्र २०७५, शनिबार २२:३०