१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

प्रश्न सोध्ने पत्रकारमाथि बालेनको प्रतिपश्न पत्रकारले कहिले बुझ्छन ? (भिडियोसहित)

१६ जेठ, काठमाडौँ । काठमाडौँ महागनरपालिकाको प्रमुखमा विजयी भएर सोमबार सपथ ग्रहण पश्चात पदबहाली गरेका बालेन्द्र साह बालेनले पत्रकारमाथि प्रतिप्रश्न गरेका छन । बलेनले नुवाकोटको ओखरपौवा पुगेर फर्किएपछि आफू शोकमा रहेको भन्दै खादा, माला र अविर समेत नलगाएको र सर्वप्रथम फोहोर व्यवस्थापनको काम गर्ने र त्यस समयसम्म कुनै पनि कुराको प्रचार नगर्ने बताएका थिए ।

त्यसपछि पत्रकारले फेरि प्रश्न गरे अब तपाईले के के काम गर्नुहुन्छ रु त्यसपछि बालेनले पत्रकारले कहिले बुझ्छन भन्दै प्रतिपश्न गरे । त्यसपछि अलि कुल भएका प्रमुख बालेनले आफूलाई काम गर्न दिन पत्रकारसँग आग्रह गरे ।

पत्रकारले फेरि सीमाको कुरा गर्दै कति समयमा फोहोर व्यवस्थापनको काम सक्नुहुन्छ भनेर सोधे त्यसपछि फेरि हैरान हुँदै प्रतिप्रश्न गरेका बालेनले हरेक कुरा प्रकिया र समय हुने भन्दै भएपछि सबैले जानकारी पाउने बताए ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार १४:५४