१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

मेयर बालेन्द्र साहकाे पहिलो निर्णयः नगर कार्यपालिकाको बैठक आजै बस्ने, लाइभ प्रसारण गरिने

१६ जेठ, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले पदभार ग्रहण गरेका छन् । उनले राष्ट्रिय सभागृहमा सपथग्रहण गरे लगत्तै महानगरपालिकाको भवन पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणपछि बालेन्द्रले पहिलो निर्णयमा हस्ताक्षरसमेत गरेका छन् । आज ४ बजे नगरकार्यपालिकाको वैठक बस्ने र त्यसको लाइभ प्रसारण गरिने उनको पहिलो निर्णय छ । आज बेलुका ४ बजे नगर कार्यपालिकाको वैठक बस्ने छ । काठमाडौँको चुनावी अभियानको क्रममा बालेन्द्रले महानगरका सबै बैठकहरू पारदर्शी बनाउन लाइभ प्रसारण गर्ने बाचा गरेका थिए ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार १३:५२