१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

राैतहटमा डुंगा दुर्घटना, ४० जना वेपत्ता, रातको समय भएकाले उद्धारमा कठिनाइ

९ भदाै, राैतहट । रौतहटको सदरमुकाम गौर नगरपालिकाको वडा नम्बर ४ मा रहेको टिकुलियास्थित लालबकैया नदीमा डुंगा डुब्दा ४० जना बेपत्ता भएका छन । नेपाल टेलिभिजनका संवाददाता शैलेन्द्र गुप्ताका अनुसार  ४० जनासवार डुंगा नदीमा डुबेकाे हो ।

अहिले राति ७ः३० मा दुर्घटना भएका कारण उद्धारमा समस्या अाएको छ । डुंगामा रहेकामध्ये ५ जना पौडेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, नेपाल प्रहरी उपरिक्षक केदार ढकाल, सशस्त्र प्रहरी उपरिक्षक कृष्ण ढकाल घटनास्थलमा पुगेका छन् ।

घटनास्थलमा उद्धारका सामग्रीसहितका सुरक्षाकर्मी पुगे पनि रातको समय भएको र नदीमा ठूलो बाढी आएकाले उद्धारमा कठिनाइ भएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७५, शनिबार २०:३५