१८ असार २०८१, मंगलवार | Wed Jul 3 2024

युवा संघका नेता सुमित गाैचनः जसले फेला पारे दुर्घटनाग्रस्त विमान (भिडियोसहित)


१६ जेठ, काठमाडौँ । मुस्ताङको युवा संघका नेता सुमित गौचनले मध्यरातमा आफूसँग आएका साथी पनि फर्किएको तर यार्सा खोज्ने किसानको सहायतामा भोलि बिहान ७ः३० बजेसम्ममा विमानको दुर्घटनास्थल पुग्ने बताएका थिए । उनीहरू विहानै ५ बजे घटनास्थलतर्फ हिँडेका थिए ।

सरकारले पानी परेको र मौसम खराब भएको भनेर खोज र उद्धार कार्य स्थगित गरे पनि सुमित भने ६ घण्टा हिँडेर पहाड चढेका थिए । उनले आफूले गरिरहेको गतिबिधि सामाजिक सञ्जाल मार्फत दिइ पनि रहेका थिए । तीनै सुमितले सोमबार विहान दुर्घटनाग्रस्त तारा एयरको विमानको तस्बीर सुरक्षा निकायमा पठाएर हराइरहेको विमानको अवस्था पत्ता लगाइदिएका छन ।

मुस्ताङको थासाङ २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । भीरमा दुर्घटनाग्रस्त भएको विमानका यात्रुहरूको शव चिन्न नसकिने अवस्थामा रहेका छन । आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको थियो । ९ एन–एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु सवार थिए । जहाजमा चालक दलका ३ सदस्य पनि थिए ।

सुमितले मध्यरातमा भिडियोमा बताएको विवरण

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार ०९:०१