१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

गोलभेँडा किन्न गएकी पोखराकी १३ वर्षीय पुष्पा केसीको बलात्कारपछि हत्या

९ भदाैँ, काठमाडाैँ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १९ लामाचौरकी १३ वर्षीया पुष्पा केसीको बलात्कारपछि हत्या भएको छ । घटनास्थलको प्रकृति हेर्दा पुष्पाको बलात्करपछि हत्या भएको स्थानीयले बताएका छन ।

विद्यालयबाट घर फर्कदै गर्दा बेपत्ता भएकी पुष्पाको शव लामाचौर फापरतरोस्थित शैलजा स्मृति पार्कको डिलमुनी झाडीमा भेटिएको थियो । बिहीबार कक्षा १ मा अध्ययनरत बहिनीसँगै स्कुल बस चढेर लामाचौरस्थित घरतर्फ गइरहेकी थिइन् । घरमा पुग्न करीब एक सय मिटर तल आएपछि ‘बहिनीलाई घर अगाडि बसबाट झार्दिनू, म टमाटर किनेर ल्याउँछु’ भन्दै बसबाट ओर्लेकी थिइन् ।

स्थानीयले मृतकको लगाएको स्कर्ट शव भएको स्थान भन्दा ३/४ हात पर भेटिएको र याैनीबाट रक्तश्राव भएको र त्यो रोक्न प्याड प्रयोग गरिएको पाइएको बताएका छन । घटना स्थलको प्रकृति हेर्दा प्रत्यक्षदर्शीहरूफले बलात्कारपछि हत्या भएको हुनसक्ने अनुमान गरेपनि प्रहरीले भने अहिले नै केही भन्न नसिकने जनाएको छ ।

कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक रविन्द्रमान गुरुङले पुष्पाको शरिरमा बाहिरी चोट पटक नदेखिएको भन्दै पोष्टमार्टम रिपोर्ट आएपछि थप केही भन्न सकिने बताए । पुष्पा बिन्ध्यबासिनी मावि कक्षा ६ मा अध्ययनरत थिइन् ।

प्रकाशित मिति : ९ भाद्र २०७५, शनिबार २०:१६