१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

मंसिर ५ देखि ९ सम्म महासमिति बैठक गर्ने नेपाली कांग्रेसको निर्णय

९ भदौ, काठमाडौँ नेपाली कांग्रेसले लामो प्रतिक्षापछि महासमिति बैठकको मिति तोकेको छ । शनिबार पार्टी केन्द्री कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले महासमितिको मिति तोकेको केन्द्रीय सदस्य बहादुरसिंह लामाले जानकारी दिए ।

लामाका अनुसार मंसिर ५ देखि ९ गतेसम्म महासमिति बैठक हुनेछ । यसअघि भदौ मसान्तमै गर्ने निर्णय भएको थियो । तर, भर्खर मात्र विधान संशोधन मस्यौदा समिति बनाएकाले महासमिति बैठक छठ पछाडि पुगेको लामाले जानकारी दिए ।

प्रकाशित मिति : ९ भाद्र २०७५, शनिबार १८:२५