१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

निर्मला हत्या प्रकरणः अनिता बम र रोशनी बम पक्राउ

९ भदाै, कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी नेकपाको अाकस्मिक सचिवालय बैठकले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्नन अारोपी सबैलार्इ छानविनको दायरामा ल्याउनै निर्णय गरेकै दिन अनिता बम र रोशनी बम पक्राउ परेका छन ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्याकण्डाका आरोपी बबिता भनिने अनिता बम र रोशनी बम पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी कृष्ण ओझाले जानकारी दिए ।

उनले आरोपितद्वयलाई बलात्कार र हत्याकाण्डमा संलग्न रहेनरहेको सोधपुछ गरिने र त्यसपछिमात्रै हिरासतमा राखिने, नराखिने निर्णय लिइने बताए । अनिताको गतिविधि शंकास्पद रहेको भन्दै निर्मलाको परिवारले दिदीबहिनीलाई नै छानवीनको दायरामा ल्याउनुपर्ने बताउँदै आएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७५, शनिबार ११:४२