सर्वोच्च अदालतको खतरनाक परमादेश, निजगढ विमानस्थलको ‘च्यापटर क्लोज’
१२ जेठ, काठमाडौँ । सर्वोच्च अदालतले अर्को खतरनाक परमादेश जारी गरेको छ । सर्वोच्चले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सरकारका नाममा परमादेश जारी गरेको हो । सरकारले निजगढमा विमानस्थल बनाउने सरकारको निर्णयउत्प्रेषणको आदेशले बदर गरिदिएको छ ।
भारतले नेपाली सीमा नजिकै सीतामाडीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेको र निजगढमा नबनाउन आग्रह गरिरहेको समयमा सर्वोच्च अदालतले निकै खतरनाक आदेश जारी गरेको हो । सर्वोच्चको यो आदेश विकासबिरोधी रहेको छ । भारले नेपालका लागि पछिल्लो समय हवाइ रूट दिननै अफ्ठेरो मान्दै आइरहेको थियो ।
सर्वोच्च अदालतका न्यायाधीहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले बिहीबार उत्प्रेषणको आदेश मार्फत निजगढमा विमानस्थल नबनाउन आदेश दिएको हो ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बृहत पूर्ण इजलासले अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने भए ऐन, कानुन र विधिशास्त्रीय मान्यता अनुसार उपयुक्त विकल्प छनोट गर्न परमादेश जारी भएको जानकारी दिए । तीन दशकदेखि निर्माणको चर्चासँगै विवादको भुमरीमा परेको प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अब नहुने भएको छ । सार्वजनिक सरोकारको निवेदनमार्फत वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र अधिवक्ता रन्जुहजुर पाँडे क्षत्रीले सर्वोच्च अदालतमा दिएको निवेदनमा सर्वोच्चले यस्तो अादेश दिएको हो ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहीबार १६:५५












