१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

माथिल्लो तामाकोशीको सेयर भर्न नक्कली नोटको प्रयोग, हजारका नक्कली नोट छ्याप्छ्याप्ती

९ भदाै, दोलखा । माथिल्लो तामाकोशीको सेयर भर्न नक्कली नोटको प्रयोग भएको खुलासा भएको छ । तामाकोशीको सेयर भर्न नक्कली नोटको प्रयोग भएको हो । दोलखा सदरमुकाम चरिकोटस्थित एक बैंकमा हजार दरका १२ थान जाली नोट भेटिएपछि यस्तो खुलासा भएको हो ।

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सेयर आवेदकको भीड बढेको मौकामा नक्कली नोटको प्रयोग भएको बुझिएको छ । बैंकले पहिचान भएका जाली नोटहरु प्रहरीलाई बुझाएको छ ।

बैंकको नाम गोप्य राखेर भिडियो फुटेजबाट अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी बासुदेव पाठकले जानकारी दिए  ।  चरिकोटको एउटा बैंकमा मात्रै ती जाली नोट फेला परेको र अन्यमा पनि रहेको हुनशक्ने अाशंका गरिएको छ  ।

प्रकाशित मिति : ९ भाद्र २०७५, शनिबार ०९:४२