९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

प्रभु लाइफको सीईओमा सन्तोष प्रसाई नियुक्त

१२ जेठ, काठमाडौँ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोष प्रसाई नियुक्त भएका छन् । आगामी ४ वर्षका लागि इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले प्रसाईलाई  सीईओमा नियुक्त गरेको हो ।

कम्पनीले प्रसाईलाई गत बैशाख २२ गते नियुक्त गर्ने निर्णय गरेर स्वीकृतिका लागि नियामक निकाय बीमा समितिमा पत्र पठाएको थियो । बीमा समितिले इन्स्योरेन्सको सीईओमा प्रसाईलाई नियुक्त गर्न अनुमति दिएकाे छ ।

सीईओ प्रसाईले बुधबार कार्यभार सम्हालेका छन् । उनले कम्पनीका अध्यक्ष सुभाष अमात्यबाट ग्रहण समेत गरेका छन् । कम्पनीले उनलाई गत फागुनमा सल्लाहकारको रुपमा प्रवेश गराएको थियो ।

यसअघि कम्पनीका सीईओ रहेका नारायण प्रसाद पौडेलले प्रसाईलाई सल्लाहकार नियुक्त गरेसँगै राजीनाामा दिएका थिए । प्रभु लाइफमा आउनुअघि सीईओ प्रसाईले नेपाल लाइफमा ८ महिनामा नै सीईओ पदबाट राजीनामा दिएका थिए । चार्टर्ड एकाउन्टेन्ट समेत रहेका प्रसाई नियामक निकाय बीमा समितिमा ७ बर्षको जागिर छाडेर निजी कम्पनीमा आएका हुन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहीबार ०८:४५