१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

कञ्चनपुरका चेतन भट्टको मृत्यु अफवाहमात्र, पाखुरामा चोट लागेका चेतन परिवारको साथमा

८ भदाै, काठमाडाैँ । कञ्चनपुरको भीमदत्तनगरको शुक्रबार भएको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले गोली चलाउँदा मृत्यु भएको भनेर प्रचार गरिएका चेतन (मनोज) भट्ट जिउँदै रहेका छन । भट्ट र भट्टका अाफन्तले उनको मृत्युको हल्ला फैलाएर पीडामाथि पीडा थपेकाे भन्दै दुखेसो पोखेका छन ।

केही सञ्चार माध्यम र समाजिक सञ्जाल प्रयोगकर्ताहरूले चेतनको मृत्यु भएको भन्दै समाचार र सूचना बाँडेका थिए । चेतन सकुशल रहेको र उनको पाखुरामामात्रै चोट लागेको उनको पारिवारले जनाएका छन । सामान्य घाइते रहेका चेतनको शीघ्रस्वास्थ्यलाभको कामना गराैँ । रेडियो रामरोशनका अध्यक्ष एकीन्द्र कुँवरले पनि चेतनको मृत्यु नभएको र उनी घाइतेमात्रै रहेकाे जानकारी दिएका छन ।

यो पनि पढ्नुहोस्

–प्रहरीको गोलीबाट कञ्चनपुरमा सन्नी खुनाको मृत्यु, अन्य तीन जना घाइते

प्रकाशित मिति : ८ भाद्र २०७५, शुक्रबार २१:५९