१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

क्वाड सम्मेलनमा सहभागी हुन मोदी टोकियोमा


९ जेठ, टोकियो । क्वाड शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जापानको राजधानी टोकियो प्रस्थान गरेका छन् । जापानी प्रधानमन्त्री फुमिको किसिदाको निमन्त्रणामा प्रधानमन्त्री मोदी जापान प्रस्थान गरेका हुन् ।

टोकियो भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट वार्ता गर्ने कार्यक्रम छ । सम्मेलनमा सहभागी हुन यसअघि नै अमेरिकी राष्ट्रपति बाइडेन आइतबार टोकियो पुगेका छन् । त्यसअघि बाइडेनले दक्षिण कोरियाको भ्रमण गरेका थिए ।

दक्षिण कोरियाली समकक्षीसँग भेटवार्ता पछि बाइडेनले पत्रकार सम्मेलनमा बोल्दै उत्तर कोरियाले अमेरिकाले गरेको कोभिड खोपको प्रस्तावलाई बेवास्ता गरेको बताएका थिए ।

हाल उत्तर कोरियामा कोभिड संक्रमण बढेको छ । कोभिडबाट लाखौँ संक्रमित भइरहेका बेला अमेरिकाले खोप प्रस्ताव गरेको हो ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार ०८:०७