१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

कञ्चनपुर अान्दोलन हिंसात्मक, सदरमुकाममा अनिश्चितकालीन कर्फ्यू

८ भदाै, काठमाडाैँ । निर्मला पन्तको बलात्कारपछिको हत्याको विषयलार्इ लिएर कञ्चनपुरमा जारी अान्दोलन अराजक बन्दै गएको छ । शुक्रबार दिउँसोको प्रदर्शनमा प्रहरीको गोली लागेर बालकको मृत्यु भएपछि स्थानीय प्रशासनले साँझ ८ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यू लगाएको छ । प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले सूचना जारी गरी कर्फ्यूको समयमा बाहिर ननिस्कन आग्रह गरेका छन् ।

दोषीको पहिचान गरी हदैसम्मको कारबाही गर्नका निम्तिले राज्यले सक्नेसम्मकाे प्रयास गरेपछि अाज अपरान्ह अान्दोलनकारी मध्येका केहीले भीमदत्त नगरपालिकाका मेयर  सुरेन्द्र विष्टको घरमा तोडफोड गर्दै अागजनीको कोशिश गरेका छन । प्रहरीको समयमा पुग्दा विष्टको घर तोडफोड भएपनि अागजनीबाट भने बेचेको छ ।

प्रदर्शनले हिंसात्मक रुप लिएपछि मेयरको घरमा आगोसमेत लगाउन खोजिएको थियो । तर तत्कालै प्रहरी पुगेपछि घरमा आगो लगाउन दिए । प्रदर्शनमा राजनीतिक स्वार्थ लिएर सहभागी भएको अराजक समूहले मेयरको घरमा अाक्रमण गरेका हुन । यसअघि पनि विष्टलार्इ पटकपटक अाक्रमणको प्रयास भएको थियो ।

प्रहरीले तोडफोडको घटनामा केही कांग्रेस कार्यकर्ताको संलग्नताको अाशंका समेत गरेको छ । अत्तेजित अवस्थामा रहेका प्रदर्शनकारीले प्रदर्शनकारीहरुले भीमदत्त नगरपालिकास्थित जिल्ला ट्राफिक कार्यालय र भीमदत्त नगरपालिकाको कार्यालयमा पनि तोडफोड गरेका छन । नगरपालिका र मेयरको घर तोडफोड भएपछि प्रहरी अवस्था नियन्त्रण बाहिर गएको निचोडसहित गोली चलाएको हो ।

प्रदर्शनकारीले ढुंगामुडा गरेर अवस्था नियन्त्रण बाहिर लाने प्रयास गरेपछि गोली चलाउन बाध्य भएको प्रहरीले जनाएको छ । स्थानीय प्रशासनले शुक्रबार अचानक आन्दोलन उठ्नुमा घुसपैठ भएको आशंका गरेको छ । जिल्लाको कमाण्ड सम्हाल्न नयाँ सीडीओ र एसपी आएको अवस्थामा अचानक आन्दोलन उठेर घटना भएपछि स्थानीय सुरक्षा अधिकारीले यस्तो आशंका गरेका हुन् ।

सरकाले गठन गरेको उच्चस्तरीय छानबिन समितिले काम गर्न नपाउँदै रक्तपातपूर्ण भिडन्तमा उत्रनुले प्रशासनले अान्दाेलन हिंसात्मक बनाउन कुनै समूहले काम गरिरहेको हुनसक्ने अाशंका समेत गरेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७५, शुक्रबार १९:५५