१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

अवकाश हुनु दुई दिनअघि डीआईजी वसन्तकुमार लामा एआईजीमा बढुवा

६ जेठ, काठमाडाैँ । अवकाश हुनु दुई दिनअघि नेपाल प्रहरीका डीआईजी वसन्तकुमार लामा अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् । शुक्रवार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिको सिफारिस अनुसार लामालाई एअाईजीमा बढुवाको निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

बढुवा समितिले डीआईजी बसन्त कुमार लामालाई वैशाख २३ मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागी सिफारिस गरेको थियो । प्रहरीमा ५ एआईजीको दरबन्दी रिक्त हुँदा सरकारले लामालाई मात्रै बढुवा गरेको छ । लामा जेठ ८ बाट ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदै छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार १४:३४