१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

कञ्चनपुरमा एक दम्पतीले गरे झुण्डिएर आत्महत्या

८ भदौ,भीमदत्तनगर । कञ्चनपुरको महाकाली नगरपालिका–६ मा एक दम्पतीले आफ्नै घरको कोठामा झण्डिएर आज आत्महत्या गरेका छन् । आफ्नै सुत्ने कोठामा झुण्डिएर स्थानीय २२ वर्षीया मनोज थापा र २१ वर्षीया दीपा थापाले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय दोधराचाँदनीले जनाएको छ ।

घटनास्थल पुगेका इलाका प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक नारायण गिरीले श्रीमान्÷श्रीमतीले अलग÷अलग चुन्नीमा झुण्डिएको अवस्थामा भेटिएको बताउनुभयो । मतृकका भाइले झ्यालबाट दाइ÷भाउजु झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकहरुको गत जेठमा विवाह भएको थियो ।

प्रकाशित मिति : ८ भाद्र २०७५, शुक्रबार १७:२२