१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

प्रेस संगठनको नेतृत्व अन्योलमा, एकता प्रतिवेदन नेकपा महासचिवलार्इ बुझाइयो

८ भदाै, काठमाडाैँ । तत्कालीन नेकपा एमाले र नेकपा माअाेवादी केन्द्रको प्रेससँग सम्बन्धित भ्रातृ संस्थाको एकीकरण गरी बनेको प्रेस संगठन नेपालको एकता प्रतिवेदन नेकपाका महासचिव विष्णु पाैडेललार्इ हस्तान्तरण गरिएको छ ।

कार्यदलका सदस्यहरूले शुक्रबार पार्टी हेडक्वार्टरमा महासचिव पाैडेललार्इ भेटेर एकता प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा केन्द्रीय समितिमा रहने सदस्यहरूको सूची बुझाइए पनि अध्यक्ष र महासचिवको नाम उल्लेख नगरिएको कार्यदलका सदस्य एवम् प्रेस चाैतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए ।

नेतृत्वको विषयमा व्यापक छलफल र बहस भए पनि सहमति नजुटेपछि अध्यक्ष र महासचिव नतोकिएको कार्यदलका अर्का एक सदस्यले जानकारी दिए । नेतृत्वको विषयमा कार्यदलले केही कुरा उल्लेख नगरेपछि प्रेस संगठनको नेतृत्वको विषय अन्योलमा परेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७५, शुक्रबार १५:५६