११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026

नबिल र नेपाल बंगलादेश बैंकबीचको मर्जर सम्बन्धी मुद्दा हेर्न नमिल्नेमा

४ जेठ, काठमाडाैँ । नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको मर्जर रोक्न परेको रिट हेर्न नमिल्नेमा परेको छ। टंकबहादुर मोक्तान र डा. मनोजकुमार शर्माको संयुक्त इजलासमा परेको उक्त मुद्दा हेर्न नमिल्नेमा परेको हो।

सर्वाेच्च अदालतका न्यायधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले तत्काललाई मर्जर रोक्न आदेश दिएको थियो। मंगलबारका लागि संयुक्त इजलाश डाकिएकोमा बहस गर्ने वकिल उपस्थित हुन नसक्दा बुधबारको लागि सुनुवाई तोकिएको थियो।

नेपाल पावर डेभलपमेण्ट एण्ड ईन्भेष्टमेन्ट कम्पनी प्रालिले हालेको उत्प्रेषणको मुद्दामा सुनुवाई गर्दै मर्जर एक्विजेशन प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश जारी भएको हो।

अल्पकालिन आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा जवाफ दिन संयुक्त इजलास बोलाइएको थियो। संयुक्त इजलाशले अन्तरिम आदेश दिएमा दुई बैंकको मर्जर प्रकृया रोकिने छ।

दुवै संस्थालाई मर्जरका लागि राष्ट्र बैंकले सैद्धान्ति स्वीकृति दिइसकेको छ। नबिल बैंक र एनबी बैंकले जेठ ७ गते एक्विजेशनको लागि विशेष साधारणसभा बोलाएका छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार १३:५४