१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

सल्यानमा माइक्रो बस बाढीले बगायाे

८ भदौ, सल्यान । सल्यानमा माइक्रो बस बाढीले बगाएकाे छ ।  सल्यानको बनगाड खोलाको बाढीले माइक्रो बस खोला पार गर्दागर्दै बाढीले  बगाउन थालेपछि यात्रुहरुले हाम फालेर ज्यान जोगाएका छन् ।

जाजरकोटबाट नेपालगञ्जका लागि छुटेको माइक्रो बस बिहीबार बाढीमा बगेको हो । यात्रुहरुले हाम फालेर ज्यान जोगाए तर उनीहरुका झोला लगायतका सामान भने बगेको छ । भने ढुंगामा अड्किएको गाडीलाई डोजरको सहायताले निकालिएको छ ।

उक्त खोलामा निर्माणाधीन पक्की पुल यसअघि नै खोलाले बगाइसकेको छ । समयमै पुल निर्माणको काम नसकिँदा बाढीले बगाएको स्थानीय बताउँछन् । लामा कन्सट्रक्स कम्पनीले पुल निर्माणको जिम्मा पाएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७५, शुक्रबार ११:०९