१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

लहानमा दुर्इ युवकले झुण्डिएर आत्महत्या गरे

 ८ भदौ,लहान । सदरमुकाम राजविराज नगरपालिका–८ स्थित विश्वेश्वरप्रसाद साहको घरमा डेरा गरी बस्ने एक युवकले भुण्डिएर आत्महत्या गरेका छन् ।

सप्तरीकै अग्निसाइर कृष्णशवरण गाउँपालिका–५ निवासी लक्ष्मीकान्त मेहताका १९ वर्षीय छोरा अभिषेक मेहताले आफ्नै कोठाको सिलिङको पङ्खामा पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । आत्महत्याको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको बताइएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७५, शुक्रबार १०:४७