१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

विगत एक महिनादेखि सम्पर्कबिहीन नवलपरासीका बालक भेटिए

 ८ भदौ,नवलपरासी । पश्चिम नवलपरासीबाट विगत एक महिनादेखि सम्पर्कबिहीन बनेका एक बालक फेला परेका छन् । गत साउन ३ गतेदेखि सम्पर्कबिहीन बनेका पश्चिम नवलपरासी प्रतापपुर ७ सूर्यपुरा बस्ने भोला चौधरीका १४ वर्षीय छोरा हेमनारायण चौधरी भारतको सिसवामा फेला परेका हुन् ।

घरबाट बजार जान्छु भनी सम्पर्कबिहीन रहेका बालक चौधरी भारतको सिसवामा फेला परेको बालकका बुवाका साथी बृजराज कुशुहवाले जानकारी दिनुभयो । बालक हराएकोबारे फेसबुकलगायतका सामाजिक सञ्जालमा प्रचार प्रसार भएका कारण बालक फेला परेको पारिवारिक स्रोतले जनाएको छ । पछिल्लो पटक पश्चिम नवलपरासीबाट धैरैको सङ्ख्यामा बालबालिका हराउने गरे पनि कम सङ्ख्यामा मात्र फेला परेका छन् ।

प्रकाशित मिति : ८ भाद्र २०७५, शुक्रबार ०९:३८