१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

निर्मलाको बलात्कारमा संलग्न भनेर पक्राउ परेका दुर्इ जना कता हराए गृहमन्त्रीज्यू ?

८ भदाै, काठमडाैँ । कञ्चनपुरको भिमदत्तनगरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनामा पक्राउ परेकाहरू हराएपछि गृहमन्त्रीलार्इ धेरैले प्रश्न गरेका छन । निर्मलाको बलात्कारमा संलग्न भनेर पक्राउ परेका दुर्इ जना कता हराए गृहमन्त्रीज्यू ? भन्दै ।

संसदमै बोल्दै गृहमन्त्री रामबहादुर थापा बादलले भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको मुख्य अभियुक्तको रुपमा दिलीप बिष्टलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गर्नुअघि दुर्इ जना पक्राउ परेको बताए थिए ।

तर अाज ती दुर्इ जना को हुन र ती हराए भन्ने विषयमा न प्रहरी बोलिरहेको छ न त गृहमन्त्री नै बोल्न सकेका छन । दिलीप विष्ट पक्राउ पर्नु १८ दिनअघि १७ साउनमा संसद्मा उभिएर गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारमा संलग्न दुईजनालाई पक्राउ गरिएको दाबी गरेका थिए ।

प्रकाशित मिति : ८ भाद्र २०७५, शुक्रबार ०७:२१