खोटेहाङको बागी उम्मेदवार वडाध्यक्षमा विजयी
२ जेठ, खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका–८ सिमपानीमा स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर थापा विजयी भएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित थापा यस निर्वाचनमा स्वतन्त्रबाट उठेर विजयी भएका हुन् ।
उनी एमालेका कृष्णबहादुर खड्कालाई ८९ मतले पछि पार्दै वडाध्यक्षमा चुनिएका हुन् । थापाले ५७३ मत र खड्काले ४८४ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
थापा दोश्रो कार्यकालका लागि वडाध्यक्षका उम्मेदवारका आकांक्षी थिए । तर कांग्रेसले सुशील उदासलाई उम्मेदवार बनाएपछि थापाले बागी उम्मेदवारी दिएका थिए । कांग्रेसका आधिकारिक उम्मेदवार उदासले १२४ मत पाएका छन् ।
उम्मेदवार छनौटमा नेतृत्वबाट गलत निर्णय भएको भन्दै कांग्रेसको वडा कार्यसमितिका सभापति गणेश खड्कासहित १२ जनाले गत १४ वैसाखमा संयुक्त विज्ञाप्तिमार्फत कांग्रेसको साधारण सदस्यसमेत नरहने घोषणा गरेका थिए ।
संकटको समयमा जितेको र संगठन बनाएको ठाउँमा टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिनुपरेको थापाले बताए । सो वडामा राप्रपाका राविज भुजेलले सात मत पाएका छन् ।
आधिकारिक उम्मेदवारिवरुद्ध बागी उठेको भन्दै कांग्रेसले थापालाई विधान २०१७ ९संसोधन सहित०को दफा ३४ को उपदफा ४ ९क० बमोजिम ५ वर्षका लागि पार्टीको साधारण सदस्यता नरहने गरी निष्कासनको घोषणा गरिसकेको छ । थापा कांग्रेसका क्षेत्रीय प्रतिनिधि हुन् ।
प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार १५:५१