मायादेवी मन्दिरमा प्रार्थना गरेपछि मोदीले भने– भगवान बुद्धले हामी सबैको कल्याण गरुन्
२ जेठ, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गौतम बुद्धले विश्वलाई शान्त र समृद्ध बनाउने विश्वास व्यक्त गरेका छन् । लुम्बिीनमा आज मायादेवी मन्दिरमा प्रार्थना गरेपछि उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।
‘बुद्ध पूर्णिमाको अवसरमा मायादेवी मन्दिरमा प्रार्थना गर्न पाउँदा धन्य महसुस गरेको छु,’ भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘भगवान बुद्धले हामी सबैको कल्याण गरुन् र हाम्रो जगतलाई शान्त र समृद्ध तुल्याउन् ।’
मोदी आज विहान भारतीय वायु सेनाको हेलिकप्टरमा लुम्बिनी आएका हुन् । उनलाई लुम्बिनीमा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेका थिए । आज लुम्बिनीमा ६ घण्टा बिताएपछि उनी स्वदेश फर्कने छन् ।
प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार १४:०१