गोरखाको गण्डकी ४ मा एमाले विजयी भएपछि पुनः मतगणनाको माग गर्दै कांग्रेस आन्दोलित
२ जेठ, काठमाडाैँ । गोरखाको गण्डकी ४ मा एमाले विजयी भएपछि पुनः मतगणनाको माग गर्दै कांग्रेस आन्दोलित बनेको छ । गण्डकी गाउँपालिका– ४ को वडाध्यक्षमा नेकपा एमालेका राजुबाबु भण्डारी १ मतान्तरले मात्रै विजयी भएपछि स्थित तनावमय भएको छ । मतगणना सकिए पनि १ मतान्तरले जितेपछि कांग्रेसले पुनः मतगणनाको माग गर्दै मतपरिणाम सार्वजनिक गर्न रोकेको छ ।
भण्डारीले नेपाली कांग्रेसका उम्मेदवार जितबहादुर गुरुङलाई १ मतान्तरले पराजित गरेका छन् । भण्डारीले ४१० मत प्राप्त गरे भने गुरुङले ४०९ मत प्राप्त गरेका छन् । यस्तै, ३ वडा सदस्य एमालेले र १ सदस्य नेपाली कांग्रेसले जितेको छ । वडाको दुई वटा बुथमा गरेर १२९३ मत खसेको थियो ।
प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार १३:४९