१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

भरतपुर महानगरमा एमालेका विजय सुवेदीले अग्रतासँगै मतान्तर बढाए, रेणु पछिपछि

२ जेठ, चितवन । भरतपुर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले मेयरमा आफ्नो अग्रतासँगै मतान्तर बढाएका छन । उनले अहिलेसम्म गरिएको ११ हजार २०७ मतमा ३८९९ मतसहित अग्रता कायम गरेका छन । सुवेदीलाइ गठबन्धनकी उम्मेदवार रेणु दाहालले पछ्याइरहेकी छिन । उनले ३८५६ मत प्राप्त गरेकी छिन । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १५४८ मत प्राप्त गरेका छन । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ४४३१ मतसहित अग्रता कायम गरेका छन । उनलाइ राप्रपाका हिमला गुरुङ्गले ३०४१ मतसहित पछ्याइरहेका छन ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार १०:५४