१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा नेकपा एमाले विजयी

२ जेठ, सन्धिखर्क । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । पाणिनी गाउँपालिकामा अध्यक्ष पदमा नेकपा एमालेबाट टेकराज न्यौपाने ७७४९ मतसहित विजयी भएका छन । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका अचुतम गाैतमले ७०२८ मत ल्याएर पराजित भए ।

उपाध्यक्ष पदमा पनि एमालेकै नर्मदा पौडेल ७६६१ मतसहित विजयी भएकी छिन । उपाध्यक्षमा गठबन्धनका उम्मेदवार बनेकी कांग्रेसकी लक्ष्मी गाैतमले ७०३८ मत प्राप्त गरी पराजित भइन ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार ०८:१७