कास्कीको माछापुच्छ्रे गाउँपालिकामा नेपाली कांग्रेस विजयी
२ जेठ, पोखरा । यसअघि एउटा वडा मात्रै जितेको कांग्रेसले कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित सात वडामा विजय प्राप्त गरेका छ । अध्यक्षमा कांग्रेसका मीनबहादुर गुरुङ विजयी भएका हुन् । उनी नेकपा एमालेका विक्रम गुरुङलाई ४ सय ८२ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।
मीनबहादुरले ५ हजार ९ सय ८१ मत प्राप्त गरे भने विक्रमले ५ हजार ५ सय १५ प्राप्त गरे । उपाध्यक्षमा कांग्रेसकै सिता अधिकारी निर्वाचित भएकी छन् । उनले एमालेकी सीता तिवारीलाई ४ सय २५ मतान्तरले पराजित गरिन् । अधिकारीले ५ हजार २ सय ७५ मत प्राप्त गर्दा तिवारीले ४ हजार ८ सय ९७ मत प्राप्त गरिन् ।
माछापुच्छ्रे गाउँपालिकामा कांग्रेसले ७ वटा वडा जितेको छ । वडा नम्वर १ मा इन्द्र गुरुङ, २ मा गणेश आचार्य, ३ मा हरिचन्द्र लम्साल, ४ मा मधुसुदन अधिकारी, ५ मा नारायणप्रसाद पौडेल, ८ मा राम गुरुङ र ९ मा हरिबहादुर क्षेत्री वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
वडा नम्वर ६ मा नेकपा एमालेका टेकनाथ गौतम र ७ मा नेकपा माओवादी केन्द्रका बैकुण्ठ प्रसाद भण्डारी निर्वाचित भएका छन् । यसअघि यहाँ अध्यक्ष, उपाध्यक्ष र ८ वडा एमालेले जितेको थियो ।
प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार ०७:३४