१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

तेह्रथुमको छथर गाउँपालिकामा गठबन्धनलाई पराजित गर्दै एमाले विजयी

२ जेठ, तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकामा गठबन्धनलाई पराजित गर्दै एमाले विजयी भएको छ । छथर गाउँपालिकामा एमालेको तर्फबाट अध्यक्ष सन्तबिर लिम्बु (सन्तोष तिगेला) विजयी भएका छन । त्यस्तै उपाध्यक्षमा पनि एमालेकै तारा ढकाल विजयी भएकी छिन ।

अध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माअोवादी केन्द्रका इन्द्र बहादुर इम्सङ भारी मतान्तरमा पराजित भए भने उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका टेकराज लिम्बु पराजित भए ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार ०७:३०